Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको ज्यान गयो, आमा सक्त घाइते - Brighter Network

साङ्केतिक तस्विर

फाल्गुन १२, सडक बनाइ रहेको डोजरले खसालेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ भने आमा सक्त घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोरु गाउँपालिका वडा न १० धैन गाउँ निवासी नौले नेपाली र कल्पना नेपालीका १० वर्षिय छोरा लोकजङ्ग नेपाली रहेको र लोकजङ्गको आमा कल्पना नेपाली सक्त घाइते भएको स्थानीय आशिष देवकोटाले जानकारी दिए ।


घरायसी कामको लागि हुम्ला गएर आइतवार घर फर्कर्दै गर्दा साँझ ६ बजे तिर गाउँ नजिक सडक खनी रहेको डोजरले खसालेको ढुङ्गा लाग्दा छोराको घटनास्थल मै मृत्यु भएको हो भने आमा घाइते भएकी हुन् ।


कर्णाली प्रदेश सरकारको लगानीमा दोमुख-गमगढी-नाक्चेलाग्ना सडक अन्तरगत सोरु गाउपालिका १० बजेदेखि दोमुखसम्म ठेकदारले सडकको ट्रयाक खोल्न काम गरिरहेको थियो । घाइते आमाको स्थानीय स्वास्थ्य चौकिमा उपचार भैरहेको र थप उपचारका लागि जिल्ला अस्पताल मुगु लिने तयारि भैरहेको घटना स्थलमा पुग्नु भएका प्रहरी निरिक्षक अचुत राज आचार्यले जानकारी गराए ।


आइतबार साझ घटना हुना बित्तिकै प्रहरी चौकी कालैबाट प्रहरी टोलि खटिइ घटना स्थलमा पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक अचुतराज रेग्मीको नेतृत्वमा सोमबार विहानै घटना स्थलमा घटनाको अनुसन्धान गर्न थप प्रहरी टोली पुगेको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom