Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कुलोमा डुबेर १७ वर्षीय निरौलाको ज्यान गयो - Brighter Network



माघ २८ गते । मोरङको उर्लाबारी नगरपालिका–२ सुनझोडास्थित कुलोमा डुबेर सोमबार बिहान एक जनाको मृत्यु भएको छ।


सोही गाउँका १७ वर्षीय सनम निरौलाको शव स्थानीयहरूले कुलोमा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारी–३, मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ।


प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। घटनाको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।

Top Post Ad

post bottom ads

 


Ads Bottom