Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पढाइको समयमा पिसाब फेर्न जाने अनुमति माग्दा विद्यार्थीले पिटाइ खाएपछि शिक्षक निकालिए - Brighter Network

साङ्केतिक  तस्वीर 

पोखरा , फाल्गुन ११ गते ।

पोखराको जरेवरस्थित गण्डकी एकेडेमी कास्कीका गणित शिक्षक विपिन कार्की विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा विद्यालयबाट निष्कासित भएका छन्।


शिक्षक कार्कीले कक्षा ६ मा अध्ययनरत एक छात्रलाई शारीरिक चोट लाग्ने गरी पिटेपछि पीडितका परिवारले विद्यालय प्रशासनमा उजुरी दिएका थिए। घटनाबारे प्रहरीसम्म जानकारी पुगेपछि विद्यालय र सुरक्षाकर्मीको समन्वयमा विवाद समाधान गरिएको बताइएको छ।


पीडितका परिवारका अनुसार विद्यार्थी पिसाव फेर्न जाने अनुमति माग्दा शिक्षकले उनको कम्मरमाथि र पाखुरामा मुक्का हानेर निलडाम हुने गरी पिटेका थिए।


घाइते विद्यार्थीको पोखराको एक अस्पतालमा उपचार गरिएको थियो भने शिक्षक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीपछि विद्यालयले बर्खास्त गरेको जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom