Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि चालक फरार - Brighter Network

फाइल तस्विर 


चैत २ गते । तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।  छत्रेश्वरी गाउँपालिका –२ सल्यान  घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा अन्टीको कोठामा बस्ने ९  वर्षीया दीपशिखा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 


अन्टी सङ्गिता खड्काको कोठामा बस्ने  दीपशिखालाई ठक्कर दिँदा टाउको र मुखमा चोट लागेको थियो । तुलसीपुरका प्रहरी प्रवक्ता सूर्य  रानाका अनुसार घाइते बालिकाको  घटनास्थलमै मृत्यु भएको थियो । 


तुलसीपुर उपमहानगरपालिका –९ गौरीशंकरण् टोलदेखि अटो भिलेजतर्फ जाँदैगरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले पैदलयात्री दिपशिखालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा छ । चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom