Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२९ वर्षीय एक युवक आफ्नै घरको बरण्डामा मृत अवस्थामा फेला - Brighter Network


फाल्गुन १७, रुपन्देहीको मायादेवी गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन्। मायादेवी गाउँपालिका-२ डन्टहवाका २९ वर्षीय राकेश सिंह लोध आफ्नो घरको बरण्डामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिएका छन्।


वडाध्यक्ष अग्नु यादवका अनुसार लोधको गोली प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ। 'शरीरभरि रगत लागेको अवस्थामा फेला परेका छन्,' उनले भने, 'प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।'


हत्या गोली प्रहारबाट भएको हो वा अन्य कारणले भएको हो भन्नेबारे स्पष्ट हुन बाँकी रहेको एसपी राठौरले बताए। 'पोस्टमार्टमपछि मात्रै वास्तविक कारण खुल्नेछ,' उनले भने।


प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घरमा घरायसी विवाद रहेको खुलेको छ। साथै, घटनापछि मृतकका दाजु फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ

Top Post Ad

post bottom ads

Ads Bottom