Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमान् घरनजिकै मृत भेटिएपछि कान्छी श्रीमतीसहित ५ जना पक्राउ - Brighter Network


 चैत १ गते । धनकुटा जिल्लाको छत्तर जोरपाटी गाउँपालिका–२, फलैचास्थित गुरुङ टोलमा एक युवक मृत फेला परेका छन्।  मृतक ३८ वर्षीय खेम बहादुर दर्लामी मगर रहेको प्रहरीले जनाएको छ। मृतककै घरनजिकै मृत अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए।


स्थानीयले खबर गरे लगतै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार मृतकको शरीरमा विभिन्न भागमा चोटपटक र नीलडामहरू देखिएको छ। 


प्रहरीले अनुसन्धानका श्रीमती सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रारम्भिक सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ। पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ४४ जितमाया लिम्बु, १६ वर्षका एक बालक, १९ वर्षीय इन्द्र बहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो। 


प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनासँग अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom