Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वनमा घाँस काट्न गएका ३५ वर्षीय युवक गैँडाको आक्रमणबाट घाइते - Brighter Network


फाल्गुन १७, मकवानपुरको मनहरी गाउँपालिका–६, खयरघारीमा गैँडाको आक्रमणबाट एक व्यक्ति घाइते भएका छन्। शनिबार दिउँसो खयरघारी मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका ३५ वर्षीय रामदिनेश कुशवारलाई गैँडाले आक्रमण गरेको हो।


प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षक शिवनी दासको कमान्डमा गएको टोलीले घाइते कुशवारलाई तत्कालै उद्धार गरी उपचारका लागि भरतपुर चितवन सरकारी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


गैँडाको आक्रमणबाट कुशवारको दाहिने खुट्टामा चोट लागेको छ भने आक्रमणपछि गैँडा वनतर्फ भागेको प्रहरीले जनाएको छ। यस क्षेत्रमा यसअघि पनि जङ्गली जनावरको आतंकले स्थानीयलाई समस्या हुँदै आएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom