Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोजगारीका लागि मलेसिया गएका नेपाली युवक बेपत्ता, खोजीका लागि बाबुको मार्मिक अनुरोध - Brighter Network


बैतडी – रोजगारीका लागि मलेसिया गएका बैतडी मेलौली नगरपालिका–८, कोटिगाउँका २८ वर्षीय मिनसिंह ठगुन्ना बेपत्ता भएका छन्।

मलेसियाको रमाटेक्स कम्पनी मा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुवा बहादुरसिंह ठगुन्ना ले जानकारी दिए। उनका अनुसार, फागुन १२ गते रातिसम्म छोरा मिनसिंहसँग फोन सम्पर्क भए पनि त्यसपछि उनीसँग कुनै सम्पर्क हुन सकेको छैन।

टाउकोमा चोटपछि मानसिक अवस्था कमजोर

१० वर्षअघि मलेसिया गएका ठगुन्नाले केही दिनअघि काम गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेका थिए। त्यसको चार/पाँच दिनपछि उनी बेपत्ता भएको बुवाले बताए। टाउकोमा चोट लागेपछि उनको मानसिक अवस्था कमजोर भएको थियो। उनीसँगै कोठामा बस्ने अर्का नेपाली साथीका अनुसार, ठगुन्नाले चोटपछि अचम्मका प्रतिक्रिया देखाउन थालेका थिए।

टाउकोमा चोट लागेको दुई/तीन दिनपछि उनी बरबराउने, डराउने जस्ता लक्षण देखाउन थालेका थिए। फागुन १३ गते राति उनले मोबाइल कोठामा छोडेर बाहिर निस्किएका थिए। त्यसपछि उनी अहिलेसम्म फेला परेका छैनन्,’ बुवा बहादुरसिंहले भने।

प्रहरीलाई जानकारी, खोजीका लागि पहल

काम गर्ने कम्पनीले स्थानीय प्रहरीलाई समेत बेपत्ता भएको जानकारी गराइसकेको छ। साथै, कम्पनीले ठगुन्ना बस्दै आएको कोठासमेत खाली गरिदिएको जानकारी आएको बुवाले बताए।

मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्रसिंह बिष्ट ले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गर्न सिफारिस गरिएको बताए। उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्र मन्त्रालयसँग समन्वय गरी बेपत्ता ठगुन्नाको खोजी गर्न आग्रह गरिएको जानकारी दिए।

Top Post Ad

post bottom ads

Ads Bottom