Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी - Brighter Network


 फागुन १८ गते। सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको विभिन्न शाखामा आगलागी भएको छ।  वडा नम्बर ३ फुर्केचौरमा गाउँपालिकाले भाडामा लिएर शाखा सञ्चालन गरेको रुदबहादुर खत्रीको ढुङ्गा, माटोले बनेको टिनको छानो भएको दुई तले घरमा आइतबार दिउँसो आगलागी भएको हो। 


उक्त घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार कार्यक्रमको शाखा रहेका थिए। घरमा बिजुलीको तारबाट विद्युत् सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो। 


प्रहरी चौकी चौलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको जनाइएको छ। आगलागीबाट मानवीय क्षति नभएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom