Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

होलीमा उच्छृङ्खल गतिविधि: ५५ जना पक्राउ, २५३ सवारीसाधन नियन्त्रणमा - Brighter Network


फागुन २९, काठमाडौं — होली पर्व मनाउने क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार ५५ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराका अनुसार पक्राउ परेका मध्ये ५२ पुरुष र ३ महिला छन्।

प्रहरीले चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ सहित कुल २५३ सवारीसाधन नियन्त्रणमा लिएको छ। तीमध्ये ४९ जना मादक पदार्थ सेवन गरेका र ८ जना लागुपदार्थ सेवन अवस्थामा रहेका थिए।

पक्राउ परेकाको अवस्थाका आधारमा कानुनी कारबाही वा रिहा गर्ने विषयमा निर्णय लिइने प्रहरीले जनाएको छ।

काठमाडौंमा मात्र २०१ दुई पाङ्ग्रे र १८ चार पाङ्ग्रे गरी कुल २१९ सवारीसाधन नियन्त्रणमा लिइएको छ। यस्तै, बिहीबार साँझसम्म ११६ दुई पाङ्ग्रे र १३ चार पाङ्ग्रे गरी १२९ सवारीसाधनलाई रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom