चैत २९ – नेपाल प्रहरीले फरार अभियुक्त दुर्गा प्रसाईँ हालसम्म पक्राउ नपरेको स्पष्ट पारेको छ।
पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा 'दुर्गा प्रसाईँ पक्राउ' शीर्षकका समाचारहरू प्रकाशन तथा प्रसारण भएपछिको प्रतिक्रिया दिँदै प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले ती समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुभयो।
प्रवक्ताआचार्यका अनुसार दुर्गा प्रसाईँ विभिन्न आपराधिक घटनामा संलग्न रही खोजी सूचीमा रहेका फरार अभियुक्त हुन् र हालसम्म पक्राउ परेका छैनन्।
उहाँले यथार्थ विपरीत भ्रामक सूचना सार्वजनिक नगर्न सञ्चारमाध्यम र आमजनसमुदायलाई आग्रह गर्दै अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्नसमेत अनुरोध गर्नुभएको छ।