उक्त कम्पनको केन्द्रविन्दु रुकुम पूर्वको पहाडी भूभागअन्तर्गत पर्ने रनमामाईकोट क्षेत्रमा रहेको जनाइएको छ। यद्यपि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार पछिल्ला दिनमा देशका विभिन्न भूभागमा परकम्पहरू महसूस भइरहेका छन्, जसले भूगर्भीय चाप रहेको संकेत गर्दछ।
भूकम्प विज्ञहरूले नेपाल उच्च भूकम्पीय जोखिममा रहेको बताउँदै नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। विज्ञहरूका अनुसार स–साना कम्पनहरू भूकम्पीय चाप मुक्त गर्ने प्रकृति भए पनि ती ठूला भूकम्पको सूचक पनि हुन सक्ने भएकाले सावधानी आवश्यक छ।