Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना , ५ जना घाइते , चालक फरार


वैशाख १२ गते । रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो ।


दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।


घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो । घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom