ताप्लेजुङ, वैशाख ३। ताप्लेजुङमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार राति शौचालय गएको बेला बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरिएको आरोपमा ती युवकलाई पक्राउ गरिएको हो। पीडित पक्षले दिएको जाहेरीका आधारमा खोजतलास गरी युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक एवम् कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो।
पक्राउ परेका युवकमाथि मुलुकी फौजदारी संहिता २०७४ बमोजिम सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।