बिहीबार अपराह्न ऐरमबास देवी थान मन्दिरबाट फर्किंदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र करिब ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले पुष्टि गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बोलेरो सडक चिप्लिएर तल झरेको प्रारम्भिक अनुमान गरिएको छ।
घाइते यात्रुहरूको उद्धार गरी मन्थलीस्थित मन्थली अस्पतालमा उपचार भइरहेको छ।