Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक बसले हायस गाडीलाई ठक्कर दिएर भएको दुर्घटनामा ११ जना घाइते - Brighter Network


काभ्रेपलाञ्चोक, चैत २८ — बिपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–९ दाउन्नेमा यात्रुवाहक बसले हायस गाडीलाई ठक्कर दिँदा बस दुर्घटना भएको छ। बिहीबार बिहान करिब ८ः२५ बजे काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आइरहेको मे १ ख ३३९४ नम्बरको हायस गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।


प्रहरीका अनुसार वर्षाका कारण बसको ब्रेक नलाग्दा सवारी चिप्लिएर हायस गाडीमा ठोक्किएको हो। ठक्करपछि बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ।


बसमा सवार १५ यात्रुमध्ये ११ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भकुण्डेबेशीस्थित मेथिनकोट अस्पताल पठाइएको छ। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


दुर्घटनापछि बसका चालक इलाका प्रहरी कार्यालय मङ्गलटारको नियन्त्रणमा रहेका छन्।


Top Post Ad

post bottom ads

 


Ads Bottom