Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शनिबार चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध - Brighter Network


काठमाडौँ, चैत २९ — हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा वा आंशिक बदलीको अवस्था छ।

महाशाखाले जनाएको छ कि देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेको छ।

शनिबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै अन्य पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले हालसम्म देशव्यापी देखिएको तुवाँलो क्रमिक रूपमा कम हुने अपेक्षा गरेको छ।

वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

 


Ads Bottom