माई नगरपालिका–४ निवासी ४२ वर्षीय शान्तिराम दुलालले ५२ वर्षीया सासु भूमिका चापागाईँको टाउकामा हतियार प्रहार गरेका थिए, जसका कारण गम्भीर घाइते भएकी चापागाईँलाई झापाको बिर्तामोडस्थित वि एन्ड सी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा गए राति उनको मृत्यु भएको इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।
प्रहरीका अनुसार दुलाल र उनकी पत्नी भूमिकाकी बहिनीसँग मना चामल सम्बन्धी मुद्दा चलिरहेको थियो। केही समय अघि अदालतमा पेश भएको बेला दुलाल र चापागाईँबीच विवाद समेत भएको जनाइएको छ।
हत्या आरोपमा दुलाललाई प्रहरीले पक्राउ गरिसकेको छ र हाल घटनाको थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।