लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २००-२५० मिटर तल खसेको थियो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ बिहान ३:५० बजे ईलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । अन्य दुई घाइतेलाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।