गत शुक्रबार बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको प्रयोगविहीन पानी ट्याङ्कीमा दुर्गा बोहराको शव सडेगलेको अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा प्रहरीले दुर्गाकै दाजुलाई हत्या अभियोगमा पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार, दुर्गाको हत्या उनका कान्छा दाजुले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दाजुलाई ललितपुर महानगरपालिका–१२ मङ्गलबजारबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको छ।
प्रहरीका अनुसार, घटना चैत ४ गते भएको अनुमान गरिएको छ। प्रहरीसँगको बयानमा दाजुले दुर्गासँग लागुऔषध ट्याबलेट सेवन गरेको र त्यसको नशामा रहँदा घटनाकाे घटेको बताएका छन्।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।