सभामुख देवराज घिमिरेलाई पठाइएको पत्रमार्फत प्रहरीले सांसद राई पक्राउ परेको जानकारी गराएको हो।
प्रहरीको पत्रमा भनिएको छ,
"सुमन खनालसमेतको जाहेरीमा वादी नेपाल सरकार रहेका र प्रतिवादी 'स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड'का अध्यक्ष तथा सञ्चालक गितेन्द्रबाबु राईसहित ठगी र संगठित अपराधसम्बन्धी कसुर मुद्दामा फरार रहेकी प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित क्षेत्रबाट पक्राउ गरी कार्यालयमा उपस्थित गराइएको छ। वर्तमान संघीय प्रतिनिधिसभाको सदस्यसमेत रहेकी राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी गराइन्छ।"
माया राई नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनलाई आर्थिक अपराधसम्बन्धी गम्भीर आरोप लागेको छ।