पहिलो आक्रमण प्रतापपुर गाउँपालिका–६ का ३६ वर्षीय रघुवीर केवटमाथि भएको थियो। पुल नजिकै काम गरिरहेका बेला चितुवाले उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी र बीरदत्त पन्तले जानकारी दिनुभयो।
त्यसपछि चितुवाले थप तीन जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ। घाइते अन्य तीन जनामा प्रतापपुर–६ का ३० वर्षीय प्रेम कोइरी, २८ वर्षीय उमालाल कोइरी र सुस्ता गाउँपालिका–५ का २७ वर्षीय महमद मिया रहेका छन्। चितुवाको आक्रमणबाट उनीहरूका ढाड, अनुहार, हात र टाउकोमा चोटपटक लागेको छ।
सभी घाइतेको अवस्था सामान्य रहेको र उपचारपछि उनीहरू घर फर्किएको प्रहरीको भनाइ छ।
वन कर्मचारीका अनुसार चितुवा निकटवर्ती राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको हुनसक्ने अनुमान गरिएको छ। क्षेत्रमै रहेको ठूला केराबारीहरूमा चितुवा लुकेको हुन सक्ने आशंका गरिएको छ र खोजी कार्य जारी रहेको जनाइएको छ।
लगातार चितुवाले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। प्रहरी र वन कार्यालयले सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेका छन्।