कार्यक्रम स्याङ्जा अर्जुनचौपारी गाउँपालिका पोखरा सम्पर्क समाजका अध्यक्ष श्रीमती जमुना काफ्ले चापागाईँको प्रमुख आतिथ्य र सहकारीका अध्यक्ष डा. भवानी शङ्कर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकारहरू, विभिन्न उपसमिति संयोजक तथा सदस्यहरू, साथै पोखरा सम्पर्क समाजका सदस्य तथा सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नववर्ष २०८२ को शुभकामना आदानप्रदानसँगै संस्थाको वार्षिक भित्ते पात्रो विमोचन पनि गरियो। स्थापना दिवसको अवसर पारेर सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै बुलौदीस्थित “कोपिला नेपाल” नामक गैरनाफामूलक संस्थामा खाद्यान्न तथा अन्य सहयोग सामग्री वितरण गरिएको थियो ।
सहयोग कार्यक्रममा सहकारी परिवारको सक्रिय सहभागिता रहेको र संस्थाले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाएको देखिएको छ।
कार्यक्रमको अन्त्यमा स्थापना दिवसको प्रतीक स्वरूप केक काटेर उत्सव भव्य रूपमा मनाइएको थियो।
संस्थाले आगामी दिनमा अझ प्रभावकारी सेवा र सामाजिक योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।