नवलपरासी, चैत २७ — नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजना (NB Road Project) का सूचना अधिकारी शिव खनालका अनुसार चैत ३१ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म दाउन्ने खण्डमा सवारी चलाउन रोक लगाइएको हो।
उक्त सडकखण्डमा निर्माणका काम तीव्र पार्नका लागि अस्थायी रुपमा यो बन्द व्यवस्था गरिएको जानकारी खनालले दिनुभयो।
योजनाका अनुसार वैशाख १ गतेदेखि भने समयतालिका फेरिएर राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।
प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई आग्रह गरेको छ।