बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ००१–०६ ख ५६९२ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्दा उक्त लागुऔषध बसको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा बसका सहचालक, महोत्तरी जिल्ला गौसाला नगरपालिका–१२ निवासी २७ वर्षीय सबिन कुमार महत्तो उक्त लागूऔषध ओसारपसारमा संलग्न देखिएकोले उनलाई ट्रामाडोलसहित नियन्त्रणमा लिइएको हो।
प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले संयुक्त रूपमा उक्त कारबाही गरेको हो। हाल महत्तोलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।