पोखरा, वैशाख १४ — कास्कीको अन्नपूर्ण गाउँपालिका–११ पोडेमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा संखुवासभा घर भई हाल सो क्षेत्रमा कार्यरत ४४ वर्षीय भरत कुमार राई र १८ वर्षीय महेश राई रहेका छन्।
दिउँसो करिब १ बजेको समयमा बाटो निर्माणका क्रममा चट्याङ पर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको समयमा उनीहरूसँगै रहेका अन्य ७ जना भने सकुशल रहेका छन्।
घटनास्थलमा स्थानीय प्रहरी टोली पुगेर आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।