Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विनयी खोलामा डाइभर्सन पुनःनिर्माणपछि नारायणगढ–बुटवल सडक सञ्चालनमा - Brighter Network


नवलपरासी, चैत ३१ – पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक शनिबार राति ९ बजेदेखि सञ्चालनमा आएको हो।


जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, खोलामा अस्थायी रूपमा डाइभर्सन पुनः बनाएर एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको छ। उनका अनुसार, असहज मौसम र खोलाको वहावबीच मर्मत सम्पन्न गरी बाटो खुलाइएको हो।


गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको स्थायी पुल भाँचिएपछि उक्त क्षेत्रमा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। तर शनिबार आएको बाढीले डाइभर्सन नै बगाएपछि सयौं सवारी साधन र यात्रु बीच बाटोमा अलपत्र परेका थिए।


यातायात अवरुद्ध भएपछि अत्यावश्यक सवारीलाई मात्र होङ्सी सिमेन्ट उद्योगको वैकल्पिक बाटो प्रयोग गराइएको प्रहरीले जनाएको छ।


यसैबीच, दाउन्ने क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको कालोपत्र सडकमा बिहीबार परेको वर्षाले हिलो माटो जम्दा आवागमन थप अस्तव्यस्त भएको थियो। त्यहाँको हिलो हटाइएकाले अहिले केहि सहज भएको ढकालले जानकारी दिनुभयो।


सडक विस्तारका लागि हाल चैत ३१ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिएको छ। आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर काम गरिने तयारी पनि गरिएको छ।


यस घटनाले पूर्व–पश्चिम यातायात सञ्जालको भौतिक पूर्वाधार अझै कति अस्थायी र संवेदनशील छ भन्ने स्पष्ट पारेको छ।


Top Post Ad

post bottom ads

Ads Bottom