वैशाख १४ — सप्तरीको कञ्चनरूप नगरपालिका–१०, बदगामामा आइतबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गमा गाइघाटबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
दुर्घटनामा एक पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि डिएसपी काफ्लेको नेतृत्वमा प्रहरी टोलीले तत्काल उद्दार कार्य गरेको थियो।