Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरबाट खेल्न निस्केका ९ वर्षीय बालकको पोखरीमा डुबेर ज्यान गयो - Brighter Network


झापा, चैत ३० — झापाको बाह्दशी गाउँपालिका–२, किरात टोल नजिकैको पोखरीमा डुबेर ९ वर्षीय एक बालकको मृत्यु भएको छ।


मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ निवासी लोकबहादुर तामाङका छोरा कृष्ण तामाङ रहेका छन्। बालक आफ्नी आमा सिया लामा सँगै मावल गएका बेला शुक्रबार दिउँसो करिब ३ बजेको समयमा घरबाट करिब ५० मिटर पूर्व रहेको पोखरीको डिलमा खेल्ने क्रममा डुबेका थिए।


डुबेर गम्भीर घाइते भएका बालकलाई तत्कालै उपचारका लागि बिर्ता सिटी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

 


Ads Bottom