Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपर–कार ठोक्किँदा दुई जनाको ज्यान गयो , चालक फरार - Brighter Network


बाराको निजगढबाट पश्चिमतर्फ करिब १० किलोमिटर दूरीमा आज दिउँसो सवा ३ बजे भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपर र बा ०१–०२५ च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई व्यक्ति गम्भीर घाइते भएका थिए।


घाइते दुवै जनालाई तत्काल उपचारका लागि निजगढस्थित प्रसूति अस्पताल लगिएको भए पनि उपचारकै क्रममा सर्लाहीका कार चालक जितनारायण साह र कारको बायाँ साइडमा बसेका नारायणहरी शर्मालाई अस्पतालले मृत घोषणा गरेको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।


घटनापछि टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ। हाल घटनास्थलमै टिपर र कार रहेका छन् भने बाटोमा कुनै प्रकारको आवागमन अवरोध नरहेको एसपी तामाङले बताए।


प्रहरीले फरार चालकको खोजी तीव्र पारेको छ र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom