Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आन्दोलनबाट फर्किएका शिक्षकहरू चढेको बस दुर्घटना : २२ जना घाइते - Brighter Network


वैशाख १३ — काठमाडौंबाट झापा आउँदै गरेको एक रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) मिलनकुमार केसीका अनुसार, बिहान करिब ५ः३० बजे प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पल्टिएको हो।


घाइते यात्रुमध्ये १६ जना हाल काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भई घर फर्किरहेका शिक्षकहरू रहेको घाइते शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। घाइते शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको बताइएको छ।


शिक्षक भण्डारीका अनुसार, “गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। अचानक सडकबाट पल्टियो। म ड्राइभरको सिट पछाडि थिएँ। दुर्घटनापछि इन्धन पोखिएको देखेपछि मैले आफैं घाइते अवस्थामै अन्य यात्रुहरूको उद्धार थालेँ।”


घाइतेहरूको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको एसपी केसीले बताए। घटनास्थलमा झिलझिले इलाका प्रहरी कार्यालयको टोली परिचालित भइसकेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom