शनिबार दिउँसो १ बजे नेपाल शिक्षक महासंघको राष्ट्रिय आन्दोलनमा सहभागी शिक्षक केशव राज जोशीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जोशीको स्थायी घर कैलाली धनगढी उपमहानगरपालिका–१ मा रहेको र हाल काठमाडौं–३१, आलोकनगरमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी श्री दुर्गा आधारभूत माध्यमिक विद्यालय, धनगढीका शिक्षक हुन्।
प्रहरीका अनुसार, करीब १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा विवाद चर्किएर कुटपिट भएको हो। घटनापछि घाइते जोशीलाई उपचारका लागि सिभिल अस्पताल काठमाडौंमा भर्ना गरिएको छ।
उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।