Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जन्डिसको सुई लगाएको दुई मिनेटमै बिरामीको मृत्यु, ल्याब असिस्टेन्ट फरार - Brighter Network


कैलाली, वैशाख १५ –

कैलालीको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमै मृत्यु भएको छ।


टाउको दुखेपछि सोमबार बिहान नजिकै रहेको दहित मेडिकल गएका शाहीलाई मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस भएको भन्दै सुई लगाएका थिए। प्रत्यक्षदर्शीका अनुसार सुई लगाइएका केही मिनेटमै शाहीलाई खोकि लाग्न थाल्यो, मुखबाट फिज आउन थाल्यो र छटपटिएर मृत्यु भयो।


सोही मेडिकलमा झाडापखालाको उपचार गराउन गएका खडकबहादुर साउँदका अनुसार, "इन्जेक्सन लगाइएपछि निरज भाइको अवस्था एक्कासी बिग्रियो, फिज आउन थाल्यो र केही समयमै उहाँको मृत्यु भयो।"


मृतकका ससुरा रामबहादुर शाहीले ज्वाइँ पूर्ण रूपमा सामान्य अवस्थामा रहेको र चिया खाएर मेडिकल गएको बताए। उनले भने, "केही नभएको मान्छे सुई लगाएको केही मिनेटमै कसरी मर्‍यो? सुई दिने व्यक्ति किन भागे?" भन्दै न्यायको माग गर्नुभएको छ।


घटनापछि ल्याब असिस्टेन्ट महावीर चौधरी फरार भएका छन्। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सुखडबाट डिएसपी रमेश अवस्थीको नेतृत्वमा १० जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।


मृतकको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र फरार चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयवासीको ठूलो भिड लागेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom