Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङजामा भीषण आगलागी : गोठ जलेर नष्ट, लाखौंको क्षति - Brighter Network


स्याङजा, वैशाख १५ ,

स्याङजा जिल्लाको कालीगण्डकी गाउँपालिका–४ गोगुङ्गामा राती करिब ३ बजे भीषण आगलागी भएको छ। वर्ष अन्दाजी ६५ का केशर सिंह रानाको ढुङ्गा–माटोले बनेको खरको छानो भएको दुईतले कच्ची गोठमा अचानक आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको हो।


आगलागीका कारण गोठभित्र रहेका एक भैँसी र तीन वटा बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आगो थप फैलिँदै करिब दुई किलोमिटर टाढा रहेको वर्ष अन्दाजी ३५ की मिनकला थापा मगरको तीनतले कच्ची घरको दोस्रो तलाको झ्यालमा समेत सल्किएको थियो। यस क्रममा काठको झ्याल र छानामा समेत क्षति पुगेको छ।


सौभाग्यवश मानवीय क्षति भने नभएको जनाइएको छ। आगो बिहान ५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको हो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीको कारण भने अझै नखुलेको प्रहरी स्रोतले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom