Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१७ अर्बभन्दा बढीको अवैध कारोबारमा संलग्न २१ जना पक्राउ - Brighter Network


काठमाडौं, वैशाख १५ –

अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा विभिन्न मनी ट्रान्सफरका सञ्चालकहरूसहित २१ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको प्रहरीले पक्राउ गरेको छ।


पक्राउ परेका व्यक्तिहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।


पक्राउ पर्नेहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी र चितवन जिल्लाका २१ जना रहेका छन्। उनीहरूले आन्तरिक विप्रेषण बन्द भएको अवस्थालाई दुरुपयोग गर्दै विदेशबाट प्राप्त हुने रकमलाई अवैध रूपमा कारोबार गरी भन्सार चोरी, सुन तस्करी र कर छलीमा संलग्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


अनुसन्धान अनुसार, अवैध कारोबारबाट प्राप्त रकमलाई डिजिटल वालेट कम्पनीहरूका नाममा खोलिएका बैंक खातामा नगद जम्मा गरी, सोही रकमलाई ई–मनी बनाएर विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरूका आफन्तका खातामा ट्रान्सफर गरी रेमिटेन्स बापतको हिसाब मिलान गरिएको पाइएको छ।


उनीहरूविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom