Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततासम्बन्धी ३८ पृष्ठको प्रतिवेदनमा के छ ? - Brighter Network


पोखरा,वैशाख १५ –

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले सार्वजनिक लेखा समितिलाई आफ्नो प्रतिवेदन बुझाएको छ।


संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा आयोजित कार्यक्रममार्फत उपसमितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।


समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिवेदनमा स्थलगत अनुगमन, कागजातको विश्लेषण, सरोकारवाला निकायहरूसँगको अन्तर्क्रिया र छलफलका आधारमा गरिएको अध्ययनको निष्कर्ष समेटिएको छ।


उक्त ३८ पृष्ठको प्रतिवेदनमा छवटा मुख्य निष्कर्ष र सुधारका लागि सुझावहरू समेटिएका छन्। सभापति पोखरेलले प्रतिवेदन प्राप्त गरेपछि समितिको आगामी बैठकमा यसबारे गहन छलफल गरिने जानकारी दिनुभयो।


एक वर्षअघि गठित उपसमितिमा संयोजक लिङ्देनसहित सांसद जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेमबहादुर आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणि राना सदस्य रहेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom