Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेती अस्पतालमा उपचाररत मिर्गौला पीडित बिरामी तेस्रो तल्लाबाट हाम फालेपछि - Brighter Network


धनगढी, वैशाख १६ –

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक मिर्गौला पीडित बिरामीले अस्पतालको तेस्रो तल्लाबाट हाम फाल्दा गम्भीर घाइते भएका छन्।


घाइते हुनेमा गोदावरी नगरपालिका–१ निवासी ६३ वर्षीय चक्रबहादुर सिंह रहेका छन्। मिर्गौला रोगका कारण उपचाररत सिंहले सोमबार मेडिकल वार्डमा भर्ना गरिएपछि आज तेस्रो तल्लाबाट हाम फालेका हुन्।


घटनापछि उनलाई तुरुन्तै अस्पतालकै आकस्मिक कक्षमा लगिएको र अहिले उपचार भइरहेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिनुभयो।


घाइते सिंहको अवस्था गम्भीर रहेको जनाइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अस्पताल स्रोतले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom