Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हत्या अभियोगमा फरार रहेका साधु 'तेली' १६ वर्षपछी पक्राउ - Brighter Network


काठमाडौं, चैत २६ — करिब १६ वर्षअघि पर्सामा कर्तव्य ज्यानसम्बन्धी अपराध गरेर फरार रहेका ६२ वर्षीय लोकनाथ साह तेलीलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई सोमबार पक्राउ गरी मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरेको हो।


प्रहरी प्रवक्ता तथा CIB का सूचना अधिकारी प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार २०६४ साल वैशाख २५ गते पर्साको साविक बहुअर्वाभाठा गाविस–५ निवासी ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादमा छलफल गर्ने भन्दै बोलाइ गोली प्रहार गरी हत्या गरेर तेली फरार भएका थिए।


प्रहरी अनुसन्धानमा खुल्न आएअनुसार उनी विगत दस वर्षदेखि भारतको चम्पारणस्थित पिपरियामा रहेको रामजानकी मन्दिरमा साधुको भेषमा लुक्दै आएका थिए।


सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते दिएको फैसलामार्फत उनलाई साविक मुलुकी ऐन, ज्यानसम्बन्धी महलको दफा १३ (१) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।


अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom