जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा वैशाख ३ गतेदेखि १४ गतेसम्म चेकजाँच अभियान चलाइएको थियो।
सो क्रममा नियम विपरीत मोडिफाइ गरी चर्को आवाज निकाल्ने ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिइी आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सवारी साधन देखेमा जिल्ला प्रहरी कार्यालयको १०० वा जिल्ला ट्राफिक कार्यालयको १०३ मा सूचना दिन अनुरोध गरेको छ।