Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा पृथ्वीचोकमा ट्राफिक प्रहरीले यात्रुलाई सहयोग नगरेर जरिवानाकै लागि च्याँखे थापेको आरोप - Brighter Network


पोखरा, वैशाख १४ — पोखराको पृथ्वीचोकमा यात्रुहरूमाथि अनावश्यक च्याँखे थाप्दै सजाय दिएको आरोप लागेको छ।

शनिवार दिउँसो पोखराको पृथ्वी चोकबाट स्याङ्जातर्फ बस लाग्ने सडकतर्फ एक यात्रुले जेब्रा क्रसभन्दा धेरै टाढाबाट खाली सडक हुँदै बाटो काट्दा ट्राफिक प्रहरी ईश्वर (थर खुलाइएको छैन) ले चिट काट्ने प्रयास गरेका थिए। 

यात्रुले आफूले नियम उल्लङ्घन नगरेको बताए पनि ट्राफिक प्रहरीले धम्कीपूर्ण शैलीमा बाटो क्रस गरेको निहुँमा आफूमाथि दुर्व्यवहार भएको बताउँछन्।

यात्रीका अनुसार ट्राफिकले देखाउनुपर्ने कागजात मोबाइलमा देखाउँदा देखाउँदै  मागेर नदेखाएको निहुँमा १ हजार रुपैयाँ जरिवाना काट्ने धम्की दिएका थिए। भोलिपल्ट नागरिक एपमा ‘ट्राफिक फाइन’ शीर्षकमा १ हजार रुपैयाँ जरिवाना देखिएको उनी बताउँछन्।

उक्त यात्रुले आफू निजी सवारी साधन प्रयोग गर्दै खाली सडकबाट बाटो काट्दा अनावश्यक दुर्व्यवहार भएको र अन्यायपूर्ण रूपमा कारबाही गरिएको गुनासो गरेका छन्। करिब ११ वर्ष अगाडिदेखि सवारी साधन चलाउन सुरु गरेकोमा कहिल्यै कुनै ट्राफिक सजायमा नपरेका उनले पहिलो पटक ट्राफिकबाट यस्तो दुर्व्यवहार भोग्नुपरेको उनी बताउँछन् । यात्रुलाई सहज गरेर सहयोग गर्ने भन्दा पनि च्याँखे थाप्नतिर ट्राफिक प्रहरी अग्रसर भएकोमा दुख लगेको उनी बत्ताउँछन् । 

यस विषयमा ट्राफिक प्रहरी कार्यालयको प्रतिक्रिया भने आउन बाँकी छ। 

Top Post Ad

post bottom ads

Ads Bottom