Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार जना पक्राउ - Brighter Network


बिर्तामोड, वैशाख ७ गते ।  टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक  पक्राउ परेका छन् । शनिवार  दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो ।


ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।


पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानी ट्याङ्की बस्ने  २४ वर्षीय महमद राजेश , ३२ वर्षीय राहुल अधिकारी,  नेपाल भारत सीमास्थित बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबंकर दास  रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।


पछिल्लो समय झापा तथा मोरङका विभिन्न स्थानमा रातीको समयमा टेलिफोनको तार चोरी गर्ने घटना बढ्दै गएसँगै प्रहरीले यसबारेमा खोजविन र गस्ती बढाएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom