बर्दिया, चैत २८ — मोटरसाइकल दुर्घटनामा परी घाइते भएका बर्दियाका सहायक प्रहरी निरीक्षक टोप बहादुर बस्नेतको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत बस्नेत फरार अभियुक्तको खोजीका क्रममा बाँकेको नेपालगन्ज पुगेका थिए। नेपालगन्जबाट गुलरिया फर्किने क्रममा गुलरिया–नेपालगन्ज सडक अन्तर्गत हुलाकी राजमार्गमा उनले चलाएको मोटरसाइकल एक ट्रयाक्टरको ट्रलीमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते बस्नेतलाई उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो।