Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राती परेको चट्याङले घरमै सुतिरहेको अवस्थामा १ जनाको मृत्यु, सात जना घाइते - Brighter Network


डोटी, चैत २७ — डोटी जिल्लाको सायल गाउँपालिका–६ दल्लेखमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।


गएराति लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती करिब ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङको प्रभावले लहरीका छोराछोरीहरू — १० वर्षीया तारा, ८ वर्षीय अविशेक, ६ वर्षीय अबि र ३ महिनाका शंकर नागरी घाइते भएका छन्। उनीहरूलाई टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।


त्यस्तै, स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि चट्याङबाट घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom