Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गाँजा र अवैध हतियारसहित २१ वर्षीय सावन गिरी प्रहरीको नियन्त्रणमा - Brighter Network


चैत २७, रौतहटमा लागुऔषध गाँजा र अवैध हतियारसहित एकजना पक्राउ परेका छन् । कटुवा पेस्तोल, गोली र गाँजासहित जिल्लाको गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमान्डमा गएको टोलीले सोमबार राति गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेका गिरीलाई प्रहरीले देखेपछि गाँजा फालेर भागेका थिए । त्यसपछि प्रहरी टोलीले उनलाई लखेटेर नियन्त्रणमा लिएका थिए ।


पक्राउ परेका गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom