![]() |
फाइल तस्विर |
स्याङ्जा, बैशाख ८ — स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. १ का ६० वर्षीय तेज बहादुर भाट क्षेत्री आँधिखोला किनारमा मृत अवस्थामा फेला परेका छन्।
शनिबार साँझ करिब ४:४० बजे उनलाई मृत अवस्थामा देखिएको सूचना प्राप्त भएपछि प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार भाट क्षेत्री अविवाहित थिए र प्रायः मादक पदार्थ सेवन गर्ने तथा ज्याला मजदुरी गरेर गुजारा चलाउने गरेका थिए।
प्रहरीका अनुसार मृत शरीरलाई पोष्टमार्टमका लागि वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।