Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोलियम पदार्थको मूल्य घट्यो - Brighter Network


वैशाख ३, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतवार निर्णय गर्दै सोमबार आजदेखि लागू हुने गरी प्रतिलिटर तीन रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो।


नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका उपभोक्ताका लागि प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५९ रुपैयाँ र तेस्रो वर्गका लागि १६० रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः पहिलो वर्गका लागि १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ निर्धारण गरिएको छ।


निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा, सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौँ, पोखरा र दीपायललाई तेस्रो वर्गमा राखेको छ।


इन्डियन आयल कर्पोरेशनबाट आइतवार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ १५ पैसा र डिजेलमा २ रुपैयाँ ६२ पैसाले घटेर आएको जनाउँदै निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom