चैत २० गते दिउँसो १:४० बजे घर अगाडि खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले ईशुलाई सिटी सफारीमा राखेर अपहरण गरेका थिए।
घटनाबारे जानकारी प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो। साथै, प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पनि प्रदेश अनुसन्धान टोली (PIT) खटिएको थियो।
प्रहरीको सक्रियतापछि बालिकालाई चैत २१ गते कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नं. ढोकाको पुलमाथिबाट सकुशल उद्दार गरिएको हो।
घटनासँग सम्बन्धित आरोपमा सप्तरीको कन्चनरुप नगरपालिका–१२ धरमपुर निवासी जितेन्द्र साह (हलुवाई) पक्राउ परेका छन्। हाल उनी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।