Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तिलिचोबाट फर्कँदै गर्दा लेक लागेर एक पर्यटकको मृत्यु - Brighter Network


मनाङ, चैत २६ — तिलिचो ताल भ्रमण सकेर फर्कने क्रममा लेक लागेर एक जना कोरियाली पर्यटकको मृत्यु भएको छ। मनाङको ङिस्याङ गाउँपालिका–९ स्थित थोरोज खोला भन्ने स्थानमा आज बिहान ती पर्यटकको ज्यान गएको हो।


मृत्यु हुनेमा दक्षिण कोरियाका म्येङोक जोङ रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार लेक लागेपछि ज्यान गुमाएका जोङको शव व्यवस्थापनका लागि घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको छ।


शवलाई सदरमुकाम ल्याएपछि पोष्टमार्टम कहाँ गर्ने भन्नेबारे निर्णय हुने र आवश्यकताअनुसार चामेमै परीक्षण गर्ने वा काठमाडौं पठाउनेबारे छलफल भइरहेको समेत अर्यालले बताउनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom