Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना: छ पर्यटकको ज्यान गयो - Brighter Network


एजेन्सी, 

चैत २९ – अमेरिका, न्यूयोर्क — स्पेनबाट आएका पर्यटकहरू चढेको एक हेलिकप्टर न्यूयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ। न्यूयोर्क प्रहरीले पुष्टि गरेअनुसार ज्यान गुमाउनेहरूमा तीन बालबालिका र तीन वयस्क छन्।


दुर्घटनामा हेलिकप्टरका पाइलट र स्पेनी नागरिकहरूको एउटै परिवार सवार रहेको जनाइएको छ। घटनापछि सार्वजनिक गरिएका तस्वीरहरूमा हेलिकप्टर उल्टिएको अवस्थामा नदीमा तैरिरहेको देखिन्छ।


पीडितहरूको पहिचान हालसम्म सार्वजनिक गरिएको छैन। न्यूयोर्क प्रहरीले पीडित परिवारलाई जानकारी दिएपछि मात्रै विवरण सार्वजनिक गरिने जनाएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु भइसकेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom