Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालद्वारा टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा स्थान सुरक्षित - Brighter Network


चैत ३० — नेपालले हङकङमा जारी चार राष्ट्र सहभागी टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा स्थान सुरक्षित गरेको छ।


शनिबार मिसन रोड क्रिकेट मैदानमा आयोजक हङकङसँगको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो।


हङकङले पहिले ब्याटिङ गर्दै ९ ओभरमा ३ विकेट गुमाउँदै ६८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। लगातार वर्षा भएपछि खेल पुनः सञ्चालन हुन नसक्दा दुबै टोलीले एक–एक अंक बाँडे।


यस नतिजासँगै नेपालले तीन खेलबाट पाँच अंक जोड्दै शीर्षस्थानमा रह्यो। हङकङ भने तीन अंकसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो। कुवेतले चार अंक जोड्दै दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ।


नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले हराएको थियो।

Top Post Ad

post bottom ads

 


Ads Bottom